शुक्रबार, २९ चैत २०८१

उपसभामुख हटाउने गठबन्धनको निर्णय विरुद्ध माओवादी केन्द्र


काठमाडौं, २५ भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने सरकारको तयारीको विपक्षमा उभिएको छ । मंगलबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीका सांसदहरुले विरोध जनाएका हुन् ।

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले उपसभामुख रानालाई हटाउन खोजे माओवादीले तीव्र प्रतिवाद गर्ने बताए । माओवादीका सांसद हितबहादुर तामाङले उपसभामुखलाई हटाउने कुरा स्वीकार्य नहुने बताए ।

उनले भने, ‘उहाँलाई महाअभियोग लगाउने कुरा चर्चामा आएको छ । यो हामीलाई स्वीकार्य छैन । यो गलत कमद नचाल्न सरकारलाई आग्रह गर्छु ।’

माओवादीका अर्का सांसद देबन्द्र पौडेलले यस प्रकारका कुराहरु नगर्न सरकारलाई आग्रह गरे । दशौैं जना मन्त्रीहरुमाथी प्रश्न उठेको भन्दै सांसद पौडेलले प्रश्न गरे ‘के प्रश्न उठेकै भरमा राजीनामा दिन तयार हुनुहुन्छ ?’

लाउडा, गिरीबन्धु, नक्कली भुटानी शरणार्थीजस्ता प्रकरणमा बहालवाला मन्त्रीहरुकै नाम जोडिएको भन्दै एकजना सामाजिक सेवाबाट आएको उपसभामुखलाई सबै तिरबाट छेक्ने काम गर्न नमिल्ने उनको भनाई थियो । 


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ