शुक्रबार, ०२ साउन २०८२

एमाले सचिवालय बैठक सुरु, ईश्वर पाेखरेलकाे पद हटाउने विषयमा छलफल हुने


काठमाडाैं। आगामी भदौमा हुने विधान महाधिवेशनको तयारीका विषयमा छलफल गर्न बोलाइएको नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यलय च्यासलमा बैठक सुरु भएको हो।

एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा विधान महाधिवेशनको तयारीसहित विविध विषयमा छलफल र निर्णय हुनेछन्। विधान संशोधनको प्रस्तावका खाकाहरू उपप्रधानमन्त्री एवं पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्ने कार्यक्रम छ।

पौडेललाई यस अघि नै विधान संसोधन समितिको संयोजक तोकिएको थियो। आजको बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन, महासचिवल शंकर पोखरेलले प्रस्तुत गर्ने सांगठनिक प्रतिवेदनका विषयमा पनि छलफल हुने पनि गौतमले जानकारी दिए।

त्यस्तै आजको बैठकले भोली (साउन २ गते) बस्ने पार्टी पोलिटब्युरोको र साउन ५ गते बस्ने केन्द्रीय कमिटी बैठकका कार्यसूची पनि तय गर्ने छ।

एमालेले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरिसकेको छ।

बैठकमा पार्टीमा रहेकाे वरिष्ठ उपाध्यक्ष पद हटाउने विषयमा पनि छलफल हुने भएकाे छ। जनसंगठनमा जस्तै वरिष्ठ उपाध्यक्ष हटाउने विषयमा छलफल हुने भएकाे छ।

पूर्वराष्ट्रपति विद्या भण्डारीकाे पक्षमा खुलेर लागेका ईश्वर पाेखरेलका पद हटाउने विषयकाे छलफल संयाेग मात्रै नभएकाे एमालेकै एक नेताकाे भनाई छ।

पाेखरेललाई एमालेकाे पर्दा पछाडीकाे खेलाडी मानिन्छन् तर, बेला बेला चिप्लने गरेका छन्। ओली-प्रचण्डकाे नेतृत्वमा नेकपा बन्दा एमालेका निर्वाचित महासचिव पाेखरेल नेकपाकाे उपाध्यक्षमा सिमित भएका थिए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ