बुधबार, १२ कात्तिक २०८२

९८ करोड ठगीमा संलग्न एमाले नेता पक्राउ


काठमाडाैं । नेकपा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन सहकारी ठगी आरोपमा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई मंगलबार ललितपुरबाट पक्राउ गरेको हो।

प्रभु ग्रुपका अध्यक्ष समेत रहेका भट्टचनविरुद्ध यसअघि नै उजुरी परे पनि तत्कालिन ओली सरकारले पक्राउ गर्न दिएकाे थिएन। भट्टचनविरुद्ध ९८ करोड रुपैयाँ ठगी गरेको आरोप लगाउँदै प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले जाहेरी दिएकी थिइन्।

२०७९ को निर्वाचनमा उनलाई नेकपा एमालेले समानुपातिकको जनजातीतर्फ पहिलो नम्बरमा राख्दै सांसद बनाएको थियो। त्यसअघि भने उनी नेपाली कांग्रेसमा आवद्ध थिए। १४ औँ महाधिवेशनअघि सभापति शेरबहादुर देउवाले संगठन विभागको उपप्रमुखमा मनोनयन गरेका थिए। 

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ