- असार ०६, २०८०
काठमाडौं । आज सरकार, राजनीतिक दलका प्रतिनिधि र जेनजी अगुवाहरुबीच त्रिपक्षीय छलफल हुने भएकाे छ ।
प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय मान्यता प्राप्त दलहरु र जेनजी अगूवालाई एकै ठाउँमा राखेर छलफल गर्न लागेकी हुन् ।
बालुवाटारमा ४ बजे बैठक डाकिएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए ।
बैठकमा निर्वाचन सफल पार्ने र परिवर्तन संस्थागन गर्ने विषयमा छलफल हुने उनको भनाइ छ ।
बैठकमा जेनजीका तर्फबाट ९ वटा समूहका अगूवालाई निम्तो गरिएको छ । राजनीतिक दलका तर्फबाट दोस्रो तहका नेताहरु सहभागी हुनेछन् । काेकाे सहभागी हुने भन्नेमा दलहरुले सूची बनाउने भएका छन् ।
टिप्पणीहरू: