बिहिबार, ३० असोज २०८२

देशको शिर माथि उठाउने पार्टी एमाले मात्रै हाे: केपी ओली


ललितपुर। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वाभिमानका साथ देशको शिर माथि उठाउने पार्टी एमाले मात्रै भएको बताएका छन्।

ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा बुधबारदेखि सुरू भएकाे एमालेकाे दशौँँ केन्द्रीय कमिटी बैठक बैठकलाई सम्बोधन गर्ने क्रममा उनले नेपालको कम्युनिष्ट आन्दोलन ऐतिहासिक घटनाक्रमबाट अघि बढेको दृष्टान्त प्रस्तुत गर्दै यस्ताे बताएका हुन्। 

ओलीले मुलुकलाई लोकतन्त्र, शान्ति, विकास, सामाजिक न्याय, समृद्धिको लयमा फर्काउन एकताबद्ध  भएर लाग्नुपर्नेमा जोड दिए।

जेनजी आन्दोलन, प्रतिनिधिसभाको विघटन र नयाँ सरकार गठनपछिको विशेष परिस्थितिका बीच पहिलोपटक एमाले केन्द्रीय कमिटीको बैठक बसेकाे हाे। बैठकमा अध्यक्ष ओलीबाट समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत हुनेछ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ