बिहिबार, ३० असोज २०८२

कसैले भन्दैमा आफूले पद नछोड्ने ओलीकाे घाेषणा


काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा  ओलीले कसैले भन्दैमा आफूले पार्टीबाट पद नछोड्ने बताएका छन् ।

मंगलबार केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले आफू बस्ने कि हट्ने  केन्द्रीय कमिटी वा महाधिवेशनले  निर्णय गर्ने बताए ।

‘मैले हट्नुपर्छ कि पर्दैन भन्ने  फेसबुकले होइन यो कमिटीले भन्नुपर्छ,’ उनले भने ,’यो कमिटीले भन्छ भने  यसको आदेशमा जनुसुकै निर्णय गर्न तयार छु ।’

साेही कार्यक्रममा उनले आफू कहिल्यै पनि नबिग्रिएको बताएका छन्।

‘अझै सप्रिएन भन्छन्,’ उनले भने, ‘केपी ओली बिग्रिएको भए पो सप्रिनू। सप्रिनलाई के देशभक्तिको दृष्टिकोण, देश विकास र राष्ट्रिय स्वाधीनताको दृष्टिकोण छोड्नुपर्ने हो? हो भने केपी ओलीले छोड्दैन।’

 पार्टीभित्र कुरा नगर्ने, बाहिर विरोधीका लहैलहैमा लागेर अनेक खालका हल्ला गर्नेहरू चैं सप्रिनु पर्ने ओलीको भनाइ छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ