- असार ०६, २०८०
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सधैंका लागि सरकारबाट हट्यो भन्ने भ्रम नपाल्न चेतावनी दिएका छन् ।
उनले एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै एमाले कमजोर नभएको बताए ।
एमाले, राजनीतिक, आर्थिक विकासको नायकत्व दिइरहेको पार्टी हो भन्दै उनले व्यवहारमा यसले पुष्टि गरेको दावी गरे ।
उनले एमाले सरकारमा हुँदा र नहुँदा के हुँदो रहेछ भन्ने अहिले विश्व बैंकको प्रतिवेदनले देखाएको उनकाे भनाई थियाे ।
साथै उनले पार्टीभित्र एकमना एकताको स्थिति कहिल्यै नरहेको बताएका छन्।
आफू प्रधानमन्त्री भएका बेला पार्टीभित्रैबाट सधैं इर्ष्या, डाहा, खुट्टा तान्ने स्थिति कायम रहेकाे उनले दाेहाेर्याए ।
‘मेरो नेतृत्वको सरकारलाई कसरी असफल बनाउने भन्नेमा पार्टीभित्रैबाट लगातार विरोध, झुठ, फरेबको स्थिति बनाइयो।’
संविधान जारी भएपछिको निर्वाचनबाट बनेको नेकपाको सरकारलाई पार्टीभित्रैबाट असफल बनाइएको दावी गरे।
टिप्पणीहरू: