बुधबार, ०९ पुस २०८२

एमालेले महाधिवेशनको सन्देशबारे मातहतका कमिटीलाई गरायाे जानकारी


फाइल तस्बिर

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले हालै सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशनको सन्देशबारे पार्टीका प्रदेश र जिल्ला नेतृत्वलाई जानकारी गराएको छ।

एमालेका महासचिव शङ्कर पोखरेलले मंगलबार ‘भर्चुअल’ बैठक आयोजना गरी महाधिवेशनले एमाले र राजनीतिक दलप्रति जनतामा विश्वास पुनःजागृत भएको र पार्टीको आन्तरिक लोकतन्त्र थप मजबुद हुँदै गएको सुनाए।

उनले सुरक्षाको प्रत्याभूति र वर्तमान सरकार गठनको संवैधानिक परीक्षण पूरा नभएसम्म अहिले यथास्थितिमा फागुन २१ मा तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचत सुनिश्चित नभएको पनि बताए।

उनले पार्टी र पार्टीका नेतृत्वविरुद्ध अनेक षड्यन्त्र भएको जनाउँदै त्यसको प्रतिवादका लागि तयारी अवस्थामा रहन निर्देशन दिए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ