बुधबार, ०९ पुस २०८२

प्रधानमन्त्रीसहित देउवा, ओली र प्रचण्डसँग राष्ट्रपतिकाे छलफल


काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूसँग संयुक्त छलफल गरेका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार प्रधानमन्त्रीसहित तीन शीर्ष नेताहरूसँग राष्ट्रपतिकाे छलफल भएकाे हाे।

छलफलमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्कीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहभागी छन्।

उनीहरूबीच आगामी निर्वाचनका साथै समसामयिक विषयमा छलफल जारी रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ। जेनजी आन्दोलनपछि उनीहरुबीच भएको यो पहिलो भेट हो।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ