बुधबार, ०९ पुस २०८२

समानुपातिकको सूचीमा ओलीले एकलौटी गर्न खोजेपछि एमालेमा खैलाबैला


काठमाडौं । प्रतिनिधीसभा पुर्नस्थापनाको माग जोडतोडमा उठाइरहेको नेकपा एमालेले समानुपातिक सांसदको सूची बनाउन सुरु गरेपछि पार्टीमा खैला बैला सुरु भएको छ ।

समानुपातिक सूचीका लागि सम्बन्धित प्रदेश कमिटिका अध्यक्ष मार्फत नाम पठाउन अध्यक्ष ओलीले सर्कुलर जारी गरेपछि ईश्वर पोखरेल समुहले आपत्ति जनाएको छ ।

उपमहासचिव योगेश भट्टराईले महासचिब शंकर पोखरेललाई मंगलबार फोन गरेरै पार्टीको बैठक राख्न आग्रह गरेका छन् । पार्टीको बैठक बसेर मापदण्ड बनाएर मात्रै उम्मेदवार छनौट गर्नुपर्ने उनको भनाई छ ।

निर्वाचन आयोगमा उम्मेदवारको बन्द सूची पुस १४ गतेसम्म पेश गर्नुपर्ने छ । त्यसअघि नै पार्टीको बैठक राख्नुपर्ने भट्टराईको माग गरेको छ । तर, एमालेले आगामी २६ देखि २८ सम्म बैठक राखेको छ ।

सुटुक्क उम्मेदवार छनौट गर्न लागेको भन्दै केन्द्रीय सदस्य गोकुल बास्कोटाले पनि सामाजिक सञ्जाल फेशबुक मार्फत असन्तुष्टि व्यक्त गरेका छन् । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ