- असार ०६, २०८०
काठमाडाैं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बुधबार दिउँसो १ बजेका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनले सूचना प्रकाशित गरी पुस ९ गते दिउँसो १ केन्द्रीय कार्यालय, सानेपामा उपस्थित हुन पदाधिकारी र सदस्यलाई आग्रह गरेका छन्।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकसम्बन्धी सूचनामा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८२ पुस ९ गते बुधबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा बस्ने भएको छ। उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशनाअनुसार अनुरोध गरिन्छ।’
टिप्पणीहरू: