बुधबार, ०९ पुस २०८२

देउवा, ओली र प्रचण्डसँग छलफल गर्दै राष्ट्रपति


काठमाडाैं ।  राष्ट्रपति रामचन्द्र पौडेलले आज तीन दलका शीर्ष नेतासँग छलफल गर्ने भएका छन्।

राष्ट्रपति पौडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सँग छलफल गर्न लागेका हुन्।

छलफल राष्ट्रपति भवन शीतल निवासमा आज अपराह्न ३ बजे हुनेछ। राष्ट्रपति पौडेलले फागुन २१ मै प्रतिनिधि सभा चुनाव हुनुपर्ने बताउँदै आएका छन्। तत्कालिन सत्ता साझेदार नेपाली का‌ंग्रेस र नेकपा एमालेले प्रतिनिधि सभा पुनर्स्थापनालाई जाेड दिएका छन् । नेपाली कम्युनिष्ट पार्टीले भने चुनावमा सहभागी हुनु पर्ने धारणा राख्दै आएकाे छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ