- असार ०७, २०८०
काठमाडौं । तीनकुने घटनामा संलग्न भएको आरोपमा थप दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा भोजपुर अरूण गाउँपालिका–५ का ४५ वर्षीय दिलकुमार श्रेष्ठ र सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका–४ का ३० वर्षीय जितबहादुर श्रेष्ठलाई रहेकाे प्रहरीले जनाएकाे छ ।
यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा २ जनाकाे मृत्यु भएकाे थियाे भने केही व्यक्तिहरू घाइते भएका थिए । यसैगरी कयाैँ भाैतिक संरचनामा क्षति भएकाे थियाे ।
उक्त घटनापछि प्रहरी ७३ जनालाई पक्राउ गरेकाे थियाे । आज पक्राउ परेका दिलकुमार र जितबहादुरसहित हालसम्म पक्राउ पर्नेकाे संख्या ७५ पुगेकाे छ ।
टिप्पणीहरू: