- असार ०७, २०८०
सांकेतिक तस्बिर
सुरुङ्गा (झापा)। जेनजी आन्दोलनका क्रममा फरार भएका दुई थुनुवा पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय झिलझिलेबाट म्याद थप गरी अनुसन्धानमा राखिएका दुई थुनुवा पक्राउ परेका हुन्। उनीहरु जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते हिरासतबाट फरार भएका थिए।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार लागूऔषध मुद्दामा थुनामा रहेर अनुसन्धान भइरहेका शिवसताक्षी नगरपालिका–४ का २९ वर्षीय राजेन्द्र ताजपुरिया र सोही मुद्दाका ४० वर्षीय ननकिशोर साह फरार भएका थिए।
इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले उनीहरुकै घरबाट पक्राउ गरी पुनः हिरासतमा ल्याएको हो।
टिप्पणीहरू: