शुक्रबार, ०५ मंसिर २०८२

बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर


फाइल तस्बिर

काठमाडाैँ। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर भएकी छन्।

बंगलादेशको एक अदालतले सोमबार हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गरेकाे हाे।

रोयटर्सका अनुसार, महिनौँ लामो सुनुवाइको अन्त्यमा उनलाई गत वर्ष विद्यार्थी नेतृत्वको विद्रोहमाथि घातक दमनको आदेश दिएकोमा दोषी ठहर गरिएको हाे।

गत वर्षको विद्यार्थी नेतृत्वको व्यापक विद्रोहमा सयौँ मानिसको हत्या गरी १५ वर्ष लामो शासन अन्त्य गरेको आरोपमा उनी भारतमा निर्वासित अवस्थामा रहेकी छन्। हसिनालाई बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ गरेकाे थियाे।

हसिना गत वर्ष अगस्ट ५ मा अपदस्थ भएपछि भारत पुगेकी थिइन्। उनको पतन भएको तीन दिनपछि नोबेल शान्ति पुरस्कार विजेता प्रोफेसर मुहम्मद युनुसले अन्तरिम सरकार प्रमुखको रूपमा पदभार सम्हाल्दै हसिनालाई कानूनी सजाय दिलाउने प्रतिबद्धता व्यक्त गरेका थिए। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ