मङ्गलबार, ०२ वैशाख २०८२

त्रिविको उपकुलपतिको जिम्मेवारी प्रा.डा. केसीलाई


फाइल फाेटाे

काठमाडौं। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीले पाएका छन् ।

त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा. डा. केसीलाई बढीमा तीन महिनाका लागि जिम्मेवारी दिएका छन् ।

पदपूर्ति नभएसम्मका लागि त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा २१ (ख) बमोजिम कुलपति ओलीको गत चैत ३१ गतेको निर्णयानुसार केसीलाई उक्त जिम्मेवारी तोकिएको हो । 

विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजंग बरालले दिनुभएको राजीनामा गत चैत २८ गते स्वीकृत भएको थियो ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ