- असार ०६, २०८०
फाइल तस्विर
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एक घण्टा लामो भेटवार्ता भएको हो । सरकारप्रति कांग्रेसका केही नेताहरुले सार्वजनिक रुपमै असन्तुष्टि जनाइरहेको बेलामा ओली र देउवाबीच भएकाे भेटलाई अर्थपूर्ण रुपमा हेरिएकाे छ ।
भेटपछि सरकार सञ्चालनकाे विषयमा कांग्रेस एमालेबीच कुनै समस्या नरहेकाे निष्कर्ष निकालिएकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले आजै बस्नेगरी मन्त्रिपरिषद्को बैठक पनि बोलाएका छन् । बैठक बेलुका ६ बालुवाटारमा बस्ने भएकाे छ ।
याे पनि
गगन थापाले भनेजस्तै बिचौलियाको प्रभाव प्रधानमन्त्रीको बेडरुमसम्मै हो ?
टिप्पणीहरू: