- असार ०७, २०८०
काठमाडाैं । रुकुमबाट दाङ आउँदै गरेको गाडी सल्यानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
लु २ ख ६५०२ नम्बरको गाडी कपुरकोट ३ चोरखोला क्षेत्रमा सडकबाट आज बिहान करिब ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी एक महिला र दुई पुरुषको घटनास्थलमै मृत्यु भएको छ भने एक महिला र एक पुरुष गम्भीर घाइते भएका छन् ।
घाइतेहरूलाई थप उपचारका लागि दाङ ल्याइएको छ ।
टिप्पणीहरू: