- असार ०७, २०८०
काठमाडाैं । धादिङबाट पोखरा जाँदै गरेको ईभी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धादिङ घर भइ पोखरा बस्दै आएकी झाङमाया गुरुङसहित ३ जना छन् । जिल्ला प्रहरी कार्यालय, कास्कीका एसपी श्यामबाबु ओलिया अनुसार, लामेआहालमा सडकबाट तल खसेको गाडी दुर्घटना हुँदा थप ८ जना घाइते भएका छन् ।
घाइतेको गण्डकी क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । हावाहुरीसहित पानी परिरहेका बेला तीव्र गति अनियन्त्रित भएर गाडी पल्टिएकाे अनुमान गरिएकाे छ ।
टिप्पणीहरू: