- असार ०६, २०८०
काठमाडौं । सहकारी ठगीमा संलग्न नेपाली कांग्रेसकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले बुधबार उनलाई धरौटीमा छोड्न आदेश गरेको हो।
काठमाडौँको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको अभियोगमा उनी गत वैशाख १३ गते शनिबार बेलुका काठमाडाैँकाे कपनस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको थियो।
सहकारी ठगी प्रकरणमा राईविरुद्ध मंगलबारमात्रै मुद्दा दायर भएको थियो। राईविरुद्ध दुई करोड ४० लाख ४४ हजार ७ सय ९० रुपैयाँ विगो मागसहित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अदालतमा मुद्दा दायर गरेको थियो।
टिप्पणीहरू: