बिहिबार, ०८ माघ २०८२

गगन थापालाई आयोगले मान्यता दिएपछि कांग्रेसमा तीन गुट


काठमाडौं । विषेश महाधिवेशन मार्फत निर्वाचित गगनकुमार थापालाई निर्वाचन आयोगले मान्यता दिएपछि नेपाली कांग्रेसमा तीन गुट सक्रिय भएको छ ।

थापाले मान्यता पाए लगत्तै शेरबहादुर देउवा समुह थापालाई नमान्ने भन्दै अदालत पुगेको छ भने यसअघि देउवा समुहमै रहेका डा. शेखर कोइराला समूहको अलग्गै बनेको छ । कोइरालाको अगुवाईमा काठमाडौंमा भेला समेत सुरु भएको छ । 

विषेश महाधिवेशनमा सहभागी नभएको कोइराला आधिकारिकता गुमाएका निवर्तमान सभापति देउवालाई पनि साथ नदिने योजनामा छन् ।

सकेसम्म आधिकारिकता पाएको गगन थापा पक्षसँग मिलेर फागुन २१ को चुनाव लड्ने तयारीमा रहेको यो समूहलले बत्तिसपुतलीमा रहेको अनुपम फुडल्यान्डमा सम्भावित रणनीति बनाउँदैछ । माघ ६ गते उम्मेदवारी दर्ताको समय भएकाले कोइराला पक्ष जुटेको हो । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ