- असार ०६, २०८०
काठमाडौं। जेनजी अभियन्ता सुदन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने भएका छन्।
उनले सामाजिक सञ्जालमार्फत आफू औपचारिक रूपमा रास्वपामा प्रवेश गर्न लागेको जानकारी गराएका हुन्।
गुरुङले रास्वपामा प्रवेश गर्ने निर्णय पद, शक्ति वा व्यक्तिगत स्वार्थका लागि नभइ जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताबाट आएको बताएका छन्।
‘बालेन शाह र म औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी मा प्रवेश गर्दैछौँ। यो निर्णय पद, शक्ति वा व्यक्तिगत स्वार्थका लागि होइन, जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताबाट आएको हो। तपाईंहरूले माग गर्नुभएको जवाफदेहिता, दिशा र नतिजालाई अब संस्थागत रूपमा अघि बढाउने समय आएको छ’, उनले लेखेका छन्, ‘जनहित पहिलो प्राथमिकता रहनेछ, युवाको विश्वास सुरक्षित रहनेछ, र परिवर्तनलाई स्थायी बनाइनेछ। यो यात्रा तपाईंहरूसँगै अघि बढ्छ।’
टिप्पणीहरू: