बुधबार, २७ फागुन २०८२

बालेनले मेयरबाट दिए राजीनामा


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजीनामा दिएका छन् ।

मेयर शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् । उनले राजीनामा दिएकाे महानगर स्राेतकाे भनाई छ ।

उनी केहीबेरमा रास्वपा केन्द्रीय कार्यालय जाँदैछन् । रास्वपा कार्यालयमा कार्यकर्ता र शुभचिन्तकहरूको बाक्लो भिड छ ।

रास्वपा कार्यालयमा बालेनलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । लगत्तै, उनी आजै जनकपुर जाने कार्यक्रम रहेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए । 

रास्वपा प्रवेश गरेर बालेनले झापा–५ बाट निर्वाचन लड्ने तयारी गरेका छन् । झापा ५ एमाले अध्यक्ष केपी शर्मा ‌ओलीकाे चुनाव क्षेत्र हाे । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ