बुधबार, १९ कात्तिक २०८२

यसपाली कांग्रेसप्रति प्रश्न उठेकाले समयमै महाधिवेशन गर्नुपर्छ : गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसप्रति प्रश्न उठेकाले पनि समयमै महाधिवेशन गर्नु पर्ने बताएका छन् ।

केन्द्रीय समितिको बैठकमा धारणा राख्ने क्रममा महामन्त्री थापाले जेनजी आन्दाेलन कांग्रेसकाे समर्थन रहेकाे सरकारका विरुद्ध भएको भन्दै महाधिवशेन नगरी चुनावमा जाने सुविधा कांग्रेसलाई नभएको बताएका छन् । 

महाधिवशेन जनतासँग जोडिने मञ्च भएकाले नयाँ नेतृत्व चयन गरेर चुनावमा जानुपर्ने थापाकाे भनाई थियाे। राजनीतिक आन्दोलनहरूमा नेतृत्व गर्दै आएको कांग्रेसले यसपटक आफ्नै विरुद्ध आन्दोलन भएको देख्नुपरेको बताए ।

 कार्यकर्ता, शुभेच्छुकले अहिले प्रश्न गरिरहेकाे भन्दै थापाले तमाम प्रश्नको उत्तर नदिइकन चुनावमा जाँदा सकारात्मक परिणाम नआउने बताए ।

'मतदाता कहिले कांग्रेसको उम्मेदवार भोट माग्न आउँछन भनेर पर्खेर बसेका छैनन् । कांग्रेसप्रति उठेका प्रश्नको उत्तर पर्खेर बसेका छन् ।' उनले भने ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ