सोमबार, २५ जेठ २०८३

यस्तो छ आजको मौसम, पहाडी भूभागमा चट्याङसहित वर्षाकाे सम्भावना


काठमाडौँ । आज देशका विभिन्न भू–भागमा आंशिक बदलीदेखि बर्सातको सम्भावना रहेको छ  । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र  गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग तथा बाँकी हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ ।

मधेस प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ भने  बाँकी तराईका भू–भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । 

यस्तै, कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा र बाँकी हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको छ ।

आज मधेस प्रदेशलगायत, बागमती, गण्डकी,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तातो दिन हुने सम्भावना रहेको जनाइएको छ । 

आज राति कोशी प्रदेशलगायत देशका हिमाली भू–भागमा साधारणतया बादल, पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ भने तराई भू–भागमा मुख्यतया सफा रहनेछ । 

कोशी प्रदेशका थोरै स्थान, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग तथा कर्णाली प्रदेशका  हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ