सोमबार, २५ जेठ २०८३

रास्वपा सभापति लामिछानेले बाेलाए सर्वदलीय बैठक


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बाेलाएका छन् ।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले बिहान ९ बजे संसद् सचिवालयस्थित सार्वजनिक लेखा समितिको हल, सिंहदरबारमा बैठक बस्ने जानकारी दिए ।

बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई आमन्त्रण गरिएको छ। 

महामन्त्री बुर्लाकोटीका अनुसार बैठकमा समसामयिक राजनीतिक विषय तथा राष्ट्रिय चासोका मुद्दामाथि छलफल हुने बताइएको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ