- असार ०६, २०८०
काठमाडौँ। ७६औँ राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरी मनाइएकाे छ।
राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिद्वारा बिहीबार आयोजित समारोहमा नेपालको कला संस्कृति झल्कने विभिन्न झाँकी, मार्च पास, नृत्य र साङ्गीतिक धुन प्रस्तुत गरिएको थियो।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सविता पौडेलसहित सरिक भएका थिए। सो अवसरमा नेपाली सेनाले उनको सम्मानमा सलामी अर्पण गरेको थियो।

उक्त समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीगण, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, उच्चपदस्थ सरकारी कर्मचारी र समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित महानुभावको सहभागिता थियो।





टिप्पणीहरू: