- असार ०६, २०८०
सांकेतिक तस्बिर
बरहथवा (सर्लाही)। जिल्लाको ईश्वरपुर नगरपालिकास्थित खिलामा तीनवटा मोटरसाइकल दुर्घटना हुँदा दुई जना युवकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। दुर्घटना बिहीबार राति भएको हो।
भारतमा दर्ता भएका मोटरसाइकल एकापसमा ठोक्किँदा हरिपुर्वा नगरपालिका–९ मिर्चैयाका मुकेश राय र रामज्ञान रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईले जानकारी दिए।
सोही स्थानका विक्रम राय र रामविश्वास राय घाइते भएका छन्। उनीहरूलाई लालबन्दीस्थित मोडल अस्पतालमा उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ। साथै तीनवटै मोटरसाइकल पनि कारबाहीका निम्ति खिचिएका छन्।
टिप्पणीहरू: