- असार ०७, २०८०
काठमाडौँ, ७ कात्तिक । मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न ज्योति गुरुङ (नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकाे पूर्व श्रीमती) र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोललाई पत्राचार गरिएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को सिफारिसमा नेशनल सेन्ट्रल ब्युरो (एनसीबी)ले इन्टरपोलको महासचिवालयमा पत्राचार गरेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।
ललितपुर महानगरपालिका–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनबारे सिआइबीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । रकम अपचलन भएको भन्दै सहकारी सञ्चालक समिति सदस्य बोधविक्रम थापाले सिआइबीमा जाहेरी दिएका थिए ।
सहकारीको रकम अपचलन गरेको आरोपमा ज्योति गुरुङ, ज्योतिबहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश यादवविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध सहकारीको रु १२ करोड ५१ लाख हिनामिना गरेको आरोप छ ।
सहकारी ठगीका घटना भएपछि कांग्रेस उपसभापति गुरुङले श्रीमतीसंग सम्बन्ध विच्छेद गरेकाे बताउदै आएका छन् तर, सहकारी पीडितहरुले उनीहरुकाे कागजी सम्बन्ध विच्छेद भएकाे दावी गरेका छन् । सम्बन्ध विच्छेदपछि पनि नेता गुरुङले श्रीमतिले लिएकाे ऋण तिर्दै आएकाे तथ्य सार्वजनिक भएकाे छ ।
टिप्पणीहरू: