- असार ०६, २०८०
फाइल तस्बिर
काठमाडौँ। संयुक्त राज्य अमेरिकाले एकैपटक ७५ जना नेपालीलाई डिपोर्ट गरेको छ।
अवैध रुपमा बस्दै आएका र कानुनको परिपालन नगरेका ७५ जना नेपालीलाई अमेरिकाले बिहीबार डिपोर्ट गरेको हाे।
३ महिला र ७२ पुरुषसहित ७५ नेपालीलाई चार्टर्ड विमानमार्फत काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएकाे छ।
ब्युरोकाअनुसार अधिकांश तल्लोबाटो हुँदै अमेरिका गएकाहरू, भिजिट भिसामा बस्ने, पीआर कार्ड नवीकरण नभएका व्यक्तिहरू डिपोर्ट भएका छन्।
डिपोर्ट भएकाहरूलाई अध्यागमन कार्यलयले बुझेर थप अनुसन्धानका लागि ब्युरोमा बुझाउने बताइएकाे छ।
टिप्पणीहरू: