बिहिबार, ०८ माघ २०८२

वामदेव गौतमलाई २५ लाख बुझाएकी राज्यलक्ष्मी गोल्छाले रास्वपालाई कति बुझाईन् ?


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधी सभा निर्वाचनका लागि उम्मेदवार छनौट प्रकृया सुरु गरेको छ । पार्टीले गरेको आह्वानमा सातै प्रदेशबाट इच्छुक व्यक्तिहरुले आवेदन दिएका छन् ।

रास्वपाले समानुपातिक उम्मेदवाको प्रारम्भिक निर्वाचन (प्राइमरी इलेक्सन) गराउनका लागि इच्छुकहरुसँग आवेदन मागेको थियो । आवेदन दिनेहरुको सूची आज आज सार्वजनिक भएको छ ।

सार्वजनिक सूचीमा व्यवसायी राज्यलक्ष्मी गोल्छा पनि छन् । जो, दोस्रो संविधान सभामा एमालेको तर्फबाट समानुपातिक सांसद भएकी थिइन् । गोल्छा कसरी समानुपातिकमा भन्ने प्रश्न उठेपछि उनले तत्कालिन एमाले नेता वामदेव गौतमलाई २५ लाख रुपैयाँ बुझाएर सांसद भएको प्रतिक्रिया दिएकी थिइन् ।
१८ वर्ष अघि सांसद हुनका लागि २५ लाख खर्च गरेकी गोल्छाले यसपालि कति खर्च गरिन् सांसद हुनु अघि नै प्रश्न उठेको छ । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ