- असार ०६, २०८०
काठमाडौं । जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ ।
मंगलबार एक पत्र पठाउँदै आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालिन आईजीपी चन्द्रकुवेर खापुङ र काठमाडौंका सीडीओ छविलाल रिजालको स्थानहद फुकुवा गरेको हो ।
आयोगका उपसचिव कमलप्रसाद पाण्डेले पठाएको उक्त पत्रमा उनीहरूको स्थानहद फुकवा गरिएको र विदेश भ्रमण गर्न समेत पाउने बताइएको छ ।
उनीहरूको बयान सकिएकाले स्थानहद फुकुवा गरिएको हो ।
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा छानबिन गर्नुपर्ने भन्दै उनीहरूलाई स्थानहद तोकिएको थियो ।
टिप्पणीहरू: