मङ्गलबार, ०९ वैशाख २०८२

प्रधानमन्त्रीले भने - स्थिति जटिल छ, केही दिन १२ काे परिक्षा सार्नु


काठमाडाै‌ । प्रधानमन्त्री केपी शर्मा ओलीले  कक्षा १२ को परीक्षा केही दिन सार्न निर्देशन दिएका छन् ।  परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षासचिव दीपक काफ्लेसँगको छलफलपछि प्रधानमन्त्रीले परीक्षा सार्न निर्देशन दिएका हुन् ।

परीक्षा बोर्डले केहीबेरमा सूचना प्रकाशन गर्ने तयारी गर्दैछ ।

 प्रधानमन्त्रीले परीक्षा बोर्ड र शिक्षामन्त्रालयका पदाधिकारीसँग परामर्श गरेपछि सार्ने कुरा भएकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।  स्थिति जटिल बनेकाे भन्दै प्रधानमन्त्रीले परिक्षा सार्न निर्देशन दिएका छन् ।

कक्षा १२ को परीक्षा वैशाख ११ गतेलाई तय भएको थियो। विभिन्न माग राखेर शिक्षकहरू काठमाडौँ केन्द्रित आन्दोलनमा छन्। उनीहरूले परीक्षा बहिष्कार गरेसँगै सरकारले निजामती कर्मचारीलाई खटाएर भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो। 

तर, कर्मचारी ट्रेड युनियनले आपत्ती जनाएकाे छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ