आइतबार, ०२ कात्तिक २०८२

राष्ट्रपतिले गरे कन्या पूजा


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आश्विन शुक्ल नवमीका अवसरमा राष्ट्रपति भवनमा आज नौ जना कन्याको पूजा गरेका छन् ।

राष्ट्रपतिको सचिवालयका अनुसार नक्सालस्थित बाल मन्दिरमा आश्रय लिएका कन्याको उनले पूजा गरेका हुन् । प्रत्येक वर्ष महानवमीका दिन राष्ट्रप्रमुखले नौ जना कन्याको पूजा गर्ने प्रचलन छ । 

त्यस अवसरमा प्रथम महिला सविता पौडेलले पनि नवदुर्गाका प्रतीक नौ जना कन्याको पूजार्चना गरेका हुन्। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ