सोमबार, ०३ कात्तिक २०८२

सर्लाहीकाे हरिपुवामा ढिस्कोले पुरिएर चार जना बालिकाकाे मृत्यु


बरहथवा (सर्लाही) । जिल्लाको हरिपुवामा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको छ । 

हरिपुवा नगरपालिका–१ हर्दी खोला किनारमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर महोत्तरीको सोनमा गाउँपालिका–६, मगरथानाकी ६५ वर्षकी सायदा खातुन, छ वर्षकी सविवा खातुन, आठ वर्षका डिल्लु मन्सुर र नौ वर्षकी नर्गिस खातुनको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता बलिष्ठर सिंहले जानकारी दिए। 

ढिस्कोले पुरिएका उनीहरूलाई तत्काल उद्धार गरी स्थानीयले प्रादेशिक अस्पताल मलङ्गवा पु-याएका थिए । अस्पताल पु-याउनेबित्तिकै चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका उनले जानकारी दिए। 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ