- असार ०६, २०८०
मुम्बई । हिन्दी सिनेमामा केही अभिनेत्रीहरू यस्ता पनि छ्न्, जसलाई पर्दामा देवीको रूपमा पूजा गरिन्थ्यो । ७० को दशकमा, यस्तै एक अभिनेत्री देखा परिन् जो तुरुन्तै सनसनी बनिन् । उनको एउटा फिल्मले उनलाई हिन्दी सिनेमा भित्र मात्र नभई आम जनताको लागि पनि देवी बनायो । उनले एउटा यस्तो फिल्ममा अभिनय गरिन् जसले शोले जस्तो फिल्मलाई पनि पछि पा-यो ।
उनी हुन्, अनिता गुहा । उनको जन्म ७ जनवरी १९३९ मा बंगालमा भएको थियो । उनको बाल्यकाल उत्तरपूर्वी राज्यहरूमा बित्यो, जहाँ उनका बुबा काम गर्थे । भारत बंगलादेश विभाजनपछि अनिताको परिवार कोलकाता बसाई सर्यो ।
यसपछि अनिताले आफ्नो पढाइ पूरा गरिन् र त्यसपछि मोडलिङ गर्न थालिन् । १५ वर्षको उमेरमा, उनले प्रसिद्ध कारदार स्टुडियोद्वारा आयोजित प्रतियोगिता जितिन्। यद्यपि उनलाई हिन्दी आउँदैनथ्यो, तर उनले कुनै न कुनै रूपमा यो सिक्ने सोच बनाइन् ।
यसैबीच, उनका बुबाको मृत्यु भयो र कोलकातामा बस्दा उनलाई बंगाली फिल्मको प्रस्ताव आयो । उनले अभिनय गरेको बंगाली फिल्म बानशेर केल्ला १९५३ मा रिलिज भयो ।
यद्यपि, अनिताको सपना हिन्दी चलचित्रमा काम गर्ने थियो । उनलाई अभिनेता ओम प्रकाशले सहयोग गरे र उनले हिन्दी चलचित्रमा आफ्नो बाटो बनाइन् । उनले १९५५ को फिल्म टांगा वालीबाट डेब्यू गरिन् ।
अनिताले आफ्नो करियरको सुरुवातमा बी–ग्रेड फिल्महरूमा काम गर्नुपरेको थियो । जब उनलाई अफरहरू आइरहेको थियो, उनले चाहेका जस्ता फिल्म पाइनन् ।
उनले गुञ्ज उठी शहनाई, देख कबिरा रोया, झाँझर, र एक झलक जस्ता चलचित्रहरूमा अभिनय गरिन् । अन्ततः, अनिताको भाग्य पौराणिक फिल्मले बद्ल्यो । जसले उनलाई स्टार बनायो ।
१९५७ मा, अनिता गुहाले पर्दामा सीताको भूमिका निभाएकी थिइन् । पवनपुत्र हनुमान फिल्ममा सीताको भूमिका निर्वाह गरेपछि उनी चर्चित भइन् । यसपछि, अनिता पौराणिक फिल्महरूतिर लागिन्, जहाँ उनका फिल्महरूको व्यापक प्रशंसा पायो ।
उनी पूर्ण रामायण र श्री राम भरत मिलाप जस्ता चलचित्रहरूमा देखा परिन् । सीताको भूमिका निभाउँदै, अनिताले हिन्दी सिनेमामा एक अग्रणी अभिनेत्रीको रूपमा एक अद्वितीय छवि स्थापित गरिन् । मानिसहरूले उनलाई ‘सीता माता’ भनेर बोलाउन थाले । देवीको रूपमा पूजा गर्न थाले ।
अनिताले पौराणिक चलचित्रहरूका साथै केही ऐतिहासिक चलचित्रहरूमा पनि अभिनय गरिन् । उनी धेरै ऐतिहासिक चलचित्रहरूको हिस्सा पनि थिइन् । १९७५ मा, उनले सन्तोषी माँ फिल्ममा अभिनय गरिन् ।
भनिन्छ कि जब अनितालाई यो फिल्मको अफर गरिएको थियो, उनी यो फिल्म गर्न हिचकिचाइन्, किनभने उनी पहिले नै धेरै पौराणिक फिल्महरूमा काम गरिरहेकी थिइन् । उनलाई माँ सन्तोषी र उनका द्रुत कथाहरूको बारेमा धेरै थाहा थिएन । अन्ततः निर्देशक विजय शर्माको आग्रहमा उनी फिल्म गर्न राजी भइन् ।
फिल्ममा अनिताको प्रमुख भूमिका थिएन, त्यसैले १०–१२ दिनको अवधिमा छायांकन पूरा गर्नुप-यो। भनिन्छ कि छायांकनको पहिलो दिन अनिताले केही खाइनन्, उनले दिनभर उपवास बसिन् । अन्ततः फिल्म १५ अगस्ट १९७५ मा रिलिज भयो ।
मानिसहरू फिल्म चप्पल खोलेर जान्थे
भनिन्छ, पहिलो दिन जब माँ सन्तोषी रिलिज भयो, कोही पनि हेर्न गएनन् तर, क्रमश दर्शकहरु हलमा जान थाले । अन्तिममा सोलेलाइ टक्कर दिने फिल्म त्यही बन्यो । सन्तोषी माँले आफ्नो लागत भन्दा धेरै गुणा बढी कमाई ग-यो र त्यो वर्षको दोस्रो ठूलो हिट बन्यो । यद्यपि शोले ठूलो बजेटको फिल्म थियो, त्यसैले कमाई पनि उच्च थियो, तर सन्तोषी कम बजेटको फिल्म थियो र बजारमा सोलेको प्रतिस्पर्धी बन्यो ।
क्रमश फिल्मप्रति दर्शकको प्रभाव बढ्न थाल्यो । यतिसम्म कि फिल्म हेर्न जाँदा मान्छेहरु हल बाहिर आफ्नो जुत्ता चप्पल खोल्थे ।
जब अनिता सन्तोषी माँको रूपमा पर्दामा देखा पर्थिन्, दर्शकहरु उनलाई सिक्काको वर्षा गर्थे, र कतिपय ठाउँमा, हल भित्र धूप बालिन्थ्यो । मानिसहरूले आफ्नो शिर निहुराउन थाले र वास्तवमा उनलाई देवीको रूपमा पूजा गर्न थाले ।
फिल्मको ‘मैं तो आरती उठाऊँ रे’ गीत गाउँदै महिलाहरू घरमा आरती गर्थे । अनितालाई देख्दा मानिसहरू उनको खुट्टामा ढोग्थे ।
तर, उनको व्यक्तिगत जीवन समस्याग्रस्त थियो । उनी ल्युकोडर्मा नामक रोगबाट पीडित थिइन्, जसले उनको अनुहारमा सेतो दागहरू देखा पथ्र्यो । यी दागहरू लुकाउन उनी अत्यधिक मेकअप गर्थिन् । उनले १९६१ मा अभिनेता माणिक दत्तसँग विवाह गरिन् ।
तर विवाहको केही वर्षपछि, उनको श्रीमानको मृत्यु भयो र उनी एक्लो भइन् । पतिको मृत्युले उनलाई पनि निराश बनायो । उनी कहिल्यै आमा बन्न सकिनन् । उनले एक अन्तर्वार्तामा आफ्नो अन्त्येष्टिमा मेकअपले अनुहार छोप्न आग्रह गरेकी थिइन् । उनी चाहन्थिन् कि जीवनको अन्तिममा भए पनि कसैले उनको अनुहारको दाग देखोस् । अन्ततः २००७ मा उनको मृत्यु भयो, र उनको अन्तिम इच्छा अनुसार, उनको अन्त्येष्टिमा मेकअप नगरीकनै अन्त्येष्टि गरियो ।
टिप्पणीहरू: