बुधबार, ०६ जेठ २०८३

सांसदलाई मर्यादित हुन सभामुखको आग्रह


काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । बैठकमा अहिले आकस्मिक समयमा सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराउन थालेका छन् । 

बैठकको आरम्भमै श्रम संस्कृति पार्टीका सदस्यहरूले उठेर संसद्प्रति सरकार जवाफदेही हुनुपर्नेमा धारणा राखे । यसपछि सभामुख डोलप्रसाद अर्यालले सभामा मर्यादित भई प्रस्तुत हुन र प्रतिनिधिसभा नियमावली २०७९ को दफा ३० बमोजिम ध्यानाकर्षण गराउँदै अभद्र व्यवहार नगर्न आग्रह गरे । 

सो पार्टीका अध्यक्ष हर्कराज राईले जनताको प्रतिनिधिसभामा प्रधानमन्त्री र मन्त्रीहरू नआउनु र आफूहरूले राख्ने जनताका कुरा नसुन्ने स्थिति हुन नहुने बताए ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ