- असार ०६, २०८०
काठमाडौँ । उर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा हुने भएकाे छ । दिउँसो १ बजे प्रज्ञा भवन, कमलादी, काठमाडौँमा कार्यक्रम गरेर पार्टी घोषणा सभा गर्न लागेको हाे ।
कार्यक्रममा प्रमुख अतिथि ऊर्जामन्त्री मन्त्री घिसिङ हुनेछन् । कार्यक्रममा उज्यालो नेपाल पार्टीको विस्तृत घोषणापत्र २०८२, औपचारिक रूपमा सार्वजनिक गरिने बताइएको छ ।
पार्टीले यसअघि मंसिर १२ गते जारी गरेको विज्ञप्तिमा दलहरूको भीडमा थप एक नयाँ दलको रूपमा मात्रै नभई उज्यालो सपना साकार पार्नसक्ने नेतृत्व, कार्यकुशलता र अनुभव भएको दाबी गरेको थियो । पार्टीले आम नेपाली जनताले विश्वास र भरोसा गरेको नेतृत्व गर्ने बताएको थियो ।
जेन्जी आन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गरी समृद्ध राष्ट्र निर्माणार्थ परिणाममुखी संवादमार्फत एकजुट हुन पनि आह्वान गरेको छ।
टिप्पणीहरू: