शुक्रबार, १९ मंसिर २०८२

मधेश प्रदेशबाट एमालेले मुख्यमन्त्री गुमाउन सक्ने, यस्ताे छ अंकगणित


काठमाडौँ । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री सराेजकुमार यादव पदमुक्त हुने सम्भावना बढेकाे छ ।

दलिय सहमति विपरित तत्कालिन प्रदेश प्रमुख सुमित्रा पाैडेलले सुटुक्क हाेटलमा लगेर सपथ खुवाएका मुख्यमन्त्री यावदले विश्वासकाे पाउने सम्भावना कमजाेर रहेपछि उनी पदमुक्त हुने सम्भावना बढेकाे हाे ।

सोमबार सर्वोच्च अदालतले परमादेश जारी गरेसँगै मुख्यमन्त्री  यादव विश्वासको मत माग्ने तयारीमा छन् ।

नेपाली कांग्रेससहितका ७ दलले दायर गरेको रिटमाथि सर्वोच्चले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन नसके संविधानको धारा १६८(२) बमोजिम नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन प्रदेश प्रमुखको नाममा परमादेश जारी गरेको थियो ।

एमालेसँग २५ प्रदेशसभा सदस्य छन् जसमध्ये एक जना निलम्बित छन् । विश्वासको मत पाउनका लागि १ सय ७ सदस्यीय मधेश प्रदेशसभामा  ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक हुन्छ ।

विपक्षमा गठबन्धनमा कांग्रेसको २२, जसपा नेपालको १८, जनमत पार्टीको १३, माओवादी केन्द्रको ९, लोसपाको ८, एकीकृत समाजवादी पार्टीको ७ र नागरिक उन्मुक्ति पार्टी १ गरी दुई तिहाइ प्रदेशसभा सदस्य छन् । यस हिसाबले मुख्यमन्त्री यादवले विश्वासको मत पाउने सम्भावना कम देखिन्छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ