शुक्रबार, ०५ वैशाख २०८२

प्रधानमन्त्रीको हस्तक्षेपले राजीनामा दिन बाध्य


काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति पदबाट राजीनामा दिएका केशरजंग बरालले प्रधानमन्त्री केपी शर्मा ओलीको असहयोग र अनावश्यक हस्तक्षेपको कारण राजीनामा दिएको बताएका छन् ।

स्वास्थ्यको कारण भन्दै राजीनामा दिएका बरालले बिहीबार राजीनामा स्वीकृत भएपछि राजीनामाको कारणबारे प्रष्ट पारेका हुन् । प्रधानमन्त्री ओलीले विश्वविद्यालयको स्वात्ततामाथी नै हस्तक्षेप गरेकाले राजीनामा दिएको उनको भनाई छ ।

गत साउनमा त्रिवि सभामा पेश भएको नीति तथा कार्यक्रम प्रधानमन्त्री ओलीले रोकिदिएपछि बराल र ओलीको सम्बन्ध चिसिएको थियो । प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम रोकेर बजेट मात्रै पास गरेका थिए । डिन नियुक्तिमा पनि प्रधानमन्त्रीले ठाडो हस्तक्षेप गरेको बरालको आरोप छ । ‘मेट्रोक्रेसी’ लाई एमाले महासचिव शंकर पोखरेलले समेत भद्दा मजाक भनेर व्याङ्ग्य गरेपछि उपकुलपति बराल निराश थिए । त्रिवि सुधारका लागि प्रयाशरत उपकुलपति बरालले प्रधानमन्त्रीको सचिवालयले समेत असहयोग गरेको आरोप लगाएका छन् ।



टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ