शुक्रबार, ०७ कात्तिक २०८२

टीकाको उत्तम साइत असोज १६ गते बिहान ११:५३ बजे


काठमाडौं । यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

विजया दशमीका दिन बिहान ९ः२३ बजे देवी विसर्जनको साइत रहेकाे छ। टीका लगाउँदा लगाइमाग्ने पूर्व दिशा फर्किनुपर्ने जनाइएको छ ।

यस वर्षकाे बडादशैं असोज ६ गतेदेखि सुरु हुन्छ । ६ गते  बिहान ९ बजेर १३  मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज जारी गरेको सूचनामा उल्लेख छ ।

असोज ७ गते मंगलबार बिहान ९ः५३ बजे झण्डा फेर्ने साइत पर्छ भने असोज ११ गते शनिबार श्रीपचलीभैरव यात्रा हुनेछ ।

असोज १३ गते सोमबार फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७ः१७ बजे र स्थिरासन बिहान ९ः२३ बजे तोकिएको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ