शुक्रबार, ०५ वैशाख २०८२

दुर्गा प्रसाईं र दीपक खड्कालाई १२ दिन हिरासतमा राख्न अनुमति


काठमाडौँ । जिल्ला अदालत काठमाडौँले तीनकुनेमा भएकाे प्रदर्शनका ‘कमान्डर’ दुर्गा प्रसाईं र उनका अंगरक्षक दीपक खड्कालाई १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

शुक्रबार काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईं र खड्कालाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

पूर्वराजावादीहरूले यही चैत १५ गते काठमाडौँको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा संलग्न रही राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसूर गरेको आराेपमा प्रसाईं परेका थिए ।

तीनकुने घटनापछि फरार भएका मेडिकल व्यवसायी प्रसाईंलाई भारतको आसाम राज्यबाट बिहीबार पक्राउ गरिएकाे थियाे । उनलाई नेपाल प्रहरीको विशेष ब्यूरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भारत पुगेर आजै बिहान नेपाल ल्याएकाे हाे ।

यसैगरी प्रसाईंका अंगरक्षक खड्का पनि आजै झापाको भद्रपुरबाट पक्राउ परेका थिए । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ