बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



भीरबाट लडेर किशोरको मृत्यु
बिहिबार, २१ जेठ २०८३

भीरबाट लडेर किशोरको मृत्यु


दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिका-५ झरौटास्थित सिसौघारी क्षेत्रमा भीरबाट लडेर एक जना किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–७ भोटेपानी निवासी १७ वर्षीय अस्मित राना रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

बुधबार राति साथीहरूसँग बसेका बेला पिसाब फेर्न जाने क्रममा राना झरौटा खोला नजिक रहेको करिब ९० मिटर अग्लो भीरबाट लडेका थिए । गम्भीर घाइते भएका रानालाई तत्काल उद्धार गरी गएराति बेलचौतारास्थि जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र लगिएकामा चिकित्सकले मृत घोषणा गरेका प्रहरी निरीक्षक दीपककुमार कार्कीले बताउनुभयो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ