- असार ०७, २०८०
काठमाडाैं । विद्यालय शिक्षा ऐनको माग गर्दै आइतबार पनि शिक्षकहरूले काठमाडौंमा प्रदर्शन जारी राखेका छन् । गत चैत २० गतेदेखि काठमाडौंको नयाँ बानेश्वर–बबरमहल क्षेत्रको सडकमा शिक्षकहरूले प्रदर्शन गरिरहेका हुन् ।
प्रदर्शनका क्रममा शिक्षक र प्रहरीबीच केहीबेर झडप समेत भएको थियो । प्रदर्शनकाे क्रममा प्रहरीकाे आक्रमणबाट एक पत्रकारसहित २६ जना घाइते भएका थिए ।
आइतबारकाे प्रदर्शन शान्तिपूर्ण रुपमा भइरहेको छ । विभिन्न प्लेकार्ड, नाराबाजी र सांस्कृतिक प्रस्तुतिसहित शिक्षकहरूले प्रदर्शन गरिरहेका हुन् ।
शिक्षकहरूको माग सम्बोधनका लागि सरकारले पटकपटक वार्ताको प्रयास गरे पनि हुन सकेकाे छैन ।
संसद्मा पनि सांसदहरूले शिक्षकको मागका लागि गम्भीर हुन आग्रह गरेका छन् । त्यस्तै, संसद्मा सार्वजनिक महत्वको प्रस्ताव पनि विपक्षीहरूले दर्ता गराएका छन् ।
टिप्पणीहरू: