बुधबार, १७ वैशाख २०८२

पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता


काठमाडाैँ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराई र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ ।

प्रगतिशील नेपाली समाजको अधिवेशनमा भाग लिन शुक्रबार भारत पुगेका अध्यक्ष डा. भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच साेमबार नयाँ दिल्लीमा भेटवार्ता भएको हाे ।

भेटका क्रममा उनीहरूबीच दुई देशकाे सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे सकारात्मक छलफल भएको पूर्वप्रधानमन्त्री भट्टराईकाे सचिवालयले जनाएकाे छ ।

सचिवालयका अनुसार विशेषगरी दुई देशबीचको आर्थिक सम्बन्धलाई कसरी नयाँ उचाईमा पुर्‍याउने र थप प्रभावकारी बनाउने भन्नेबारे छलफल भएको छ ।

यसैगरी भारतको कश्मिर क्षेत्रको पहलगाममा भएको आतंकवादी हमलाबारे अध्यक्ष भट्टराईले दुख व्यक्त गर्दै निन्दा तथा भर्त्सना गरेका छन् । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ