- असार ०७, २०८०
चितवन, ३० भदौ । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा सडकबाट त्रिशुली किनारमा खसेको ट्रकका चालक सम्पर्कविहीन भएका छन् । ट्रक पानी बाहिर किनारमा भैटिएकाे छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार चालक यमबहादुर घलेको मोबाइल स्विचअफ छ । घटनास्थल पुगेर फर्किएका रिजालले भन्नुभयो, चालक सम्पर्कमा नहुनेले घटना शंकास्पद देखिएको बताए ।” दुर्घटनाको अवस्था हेर्दा चालक नदीमा नभएर बाहिर कतै सम्पर्कविहीन भएको हुनसक्ने उनको भनाइ छ ।
यातायात कार्यालयमार्फत ट्रक धनीको पहिचान गरेर चालक खोजीकार्य जारी रहेकाे उनले जानकारी दिए । ना ६ ख ६२८३ नम्बरको ट्रक भैरहवाबाट सूर्यमुखी तेल बोकेर ललितपुरतर्फ जाँदै गरेको थियो । ट्रकमा दुई हजार दुई सय २५ कार्टुन तेल लोड गरिएको थियो । ट्रक आइतबार बिहान सडकबाट झण्डै एक सय मिटर तल त्रिशुली किनारमा खसेको हो ।
टिप्पणीहरू: