सोमबार, ०८ पुस २०८१

जहाँ विद्यार्थी स्कुल पुगेपछि अभिभावकको मोबाइलमा सन्देश जान्छ


दमौली, ३० भदौ । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित मित्रता माध्यमिक विद्यालयमा विद्यार्थीको स्मार्ट हाजिरी प्रणाली सुरु गरेको छ । तनहुँ जिल्लामै पहिलो पटक आँबुखैरेनी गाउँपालिकाको विद्यालयमा स्मार्ट हाजिरीको प्रयोग भएको हो । 

जुन स्कुलमा विद्यार्थी गेटभित्र छिर्ने बित्तिकै अभिभावकको मोबाइलमा विद्यार्थी स्कुल पुगेको जानकारी पुग्छ । गेटबाट बाहिर निस्केपछि विद्यालयबाट बाहिरिएको सूचना अभिभावकको मोबाइलमा पुग्छ । विद्यालयका प्रधानाध्यापक सुरेन्द्र बोगटीले 

विद्यालय छुट्टी भएपछि घर आउन लाग्ने समय अभिभावकलाई जानकारी हुनुको साथै घरबाट हिँडेपछि आफ्ना छोराछोरी विद्यालय पुगेको जानकारी हुने बताए ।

एम्बेडेड सोलुसन नेपालले निर्माण गरेको एकेडेमिक म्यानेजमेन्ट सफ्टवयर स्मार्ट उपस्थिति प्रणालीले विद्यालयमा विद्यार्थीको उपस्थितिबारे अभिभावकलाई सूचना प्रदान गर्छ ।

मित्रता माविले अहिले यो व्यवस्था आधारभूत तहका विद्यार्थीमा लागू गरेको छ । आगामी वर्षदेखि कक्षा १२ सम्म यो प्रणाली जडान गरिने बोगटीले बताए । ‘यस प्रणालीमा विद्यार्थी कक्षा छोडेर जाने सम्भावना हुँदैन । विद्यार्थीको परिचयपत्रमा चिप्स जडान गरिएको छ ।’ उनले भने ।

 विद्यार्थी गेटमा आइपुग्ने बित्तिकै मेसिनले घण्टी बजाउँछ र तत्कालै उक्त सूचना अभिभावकसम्म पुग्ने गर्छ । बोगटीले अभिभावकलाई बालबालिका विद्यालयमा सुरक्षित छन् वा बाहिर छन् भन्ने चिन्ता भइरहने र यो प्रणाली लागू गरेपछि अभिभावकलाई सहज भएको बताए ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ