शुक्रबार, १६ माघ २०८२

सिन्धुलीकी टंकमाया तीन दिनदेखि बेपत्ता


सिन्धुली । सिन्धुलीकाे तीनपाटन गाउँपालिका वडा नं. ३ राम्चेकी ५३ वर्षीया टंकमाया बुढाथोकी तीनदिनदेखि वेपत्ता भएकी छिन् । 

उनको खोजी गर्न जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीको नेतृत्वको टोली र बागमती प्रदेश प्रहरी कार्यालयको तालिम प्राप्त कुकुर सहितको टोली खटिएको छ । उनी मंगलबारदेखि आफ्नै घरबाट हराईरहेको आशंका गरिएको छ ।

उनी घरमा नभेटिएपछि स्थानीय र आफन्तले प्रहरीलाई खबर गरेका थिए ।  विहिबार विहान प्रहरी टोली टंकमायाको घरमा पुगेको थियो ।

प्रहरीले उनको घरमा खोजतलासी गर्दा सुत्ने वेडमा दिशा पिसाव र हल्का रगत जस्तो समेत देखिएको जनाईएको छ । घटना शंकास्पद देखेपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो ।  तालिम प्राप्त कुकुर सहितको बागमती प्रदेश प्रहरीको अनुसन्धान टोली अनुसन्धानमा खटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सुर्यप्रकाश सुवेदीले जानकारी दिए ।

स्थानीयका अनुसार टंकमायाका श्रीमानको मृत्यु भईसकेको छ । उनका दुई छोरा वैदेशिक रोजगारीमा छन् । ४ छोरीमध्ये ३  छोरीको विवाह भईसकेको छ । कान्छी छोरी बेलघारीमा अध्ययनको शिलशिलामा डेरा गरि बस्दै आएकी छिन् । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ