- असार ०६, २०८०
काठमाडौं । सञ्चारमन्त्री जगदीश खरेलले शुक्रबार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । भेटवार्तामा निर्वाचनलाई सफल बनाउने विषयमा छलफल भएको सञ्चारमन्त्रीको सचिवालयले जनाएको छ ।
आजै दिउसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट्ने कार्यक्रम रहेको छ । तीनै शीर्ष नेतृत्वसंगको भेटघाट निर्वाचन केन्द्रित हुने सचिवालयले जनाएको छ ।
सरकारले फागुन २१ लाई निर्वाचनको मिति तोके पनि नेपाली कांग्रेस र एमालेले प्रतिनिधि सभा पूर्नस्थापनाको मागलाई जोड तोडले उठाइरहेका छन् ।
टिप्पणीहरू: