- असार ०७, २०८०
काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ ।
प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाइ गर्दै सर्वोच्चले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले आइतबार प्रसाईंलाई हिरासत मुक्त गर्न आदेश दिएको छ ।
बालुवाटारमा शनिबार राति सरकार र प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ अभियानबीच वार्ता भएको थियो । उक्त वार्तापछि अभियानले आजदेखि गर्ने भनिएका आन्दोलनका सबै कार्यक्रम फिर्तासमेत लिएको थियो ।
प्रसाईंलाई सार्वजनिक शान्तिमा खलल पुर्याउनेगरी अभिव्यक्ति दिएको आरोपमा प्रहरीले २ मंसिरको मध्यराति उनकै निवासबाट पक्राउ गरेको थियो ।
टिप्पणीहरू: